यसरी बन्दै छ,केबलकार

पोखराको सराङकोटमा आजदेखि केबलकार निर्माण आजबाट शुरु भएको छ । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय स्थल साराङकोटलाई लक्षित गरेर केबलकार निर्माण सुरु गरेको हो । बुधबार निर्माणस्थलमा भुमिपुजा समेत गरेको छ । पोखरा २६ सेदी देखि पोखरा २६ सराङकोटसम्म जाने गरि केबलकार निर्माण गर्न लागेको हो । केबलकारमा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेशी लगानी रहेको छ ।
२ दशमलव २ किलोमिटर लम्बाई रहने केबलकारमा १३ वटा टावर रहने परार्मश दाता रोपवे नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले जानकारी दिए । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालनगर्ने लक्ष्य रहेको बताए । उनले १७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिन सक्ने उनले बताए । पछि थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिने उनको भनाई छ । यात्रुको संख्या बढ्दै जादा डब्बा समेत बढाउन सकिने उनको भनाई थियो । एउटा डब्बामा ८ जनायात्रु बस्न सक्ने छन् ।
अबको १८ महिनाभित्रै केबलकार निर्माण सम्पन्नगर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष कालु गुरुङले जानकारी दिए । केबलकार निर्माणका लागि त्यहाँ वरपरको जग्गाप्राप्तिको काम समेत सम्पन्न भएको उनले बताए । वन क्षत्रे पर्ने २४ रोपनी जग्गाको अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकारसगँ लिजमा लिएको उनल बताए । कम्पनीले पिल्लर रहेने ठाउँको निजी जग्गा किनिसेकेको र केबलकारको तार पर्ने ठाउँको जग्गाका धनीलाई शेयर दिने बताए । केबल कार निर्माणका लागि करिब एक अर्व खर्च लाग्ने गुरुङले बताए ।
उनले १ देखि ८ आना जग्गा पर्नेलाई ५० हजारको शेयर, ८ आना देखि १ रोपनी सम्म जग्गा पर्नेको १ लाख बराबरको शेयर दिने बताए । केबलकार निर्माणका लागि आवश्यक वित्तिय स्रोतको टुंगो समेत लागि सकेको उनको भनाई छ । केबलकार निर्माणको सबै काम चितवन कोईले पाएको छ ।
नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधिअनुसार एउटा तारमा कार झुन्डिने छन् । यो प्रविधिलाई डोपलमेयरको गोन्डोलाप्रविधि भनिन्छ । केबलकारमाआवश्यक सामानहरु निपोन जापानको प्रयोग हुने उनले बताए ।
अन्नपुर्ण केबलकार निर्माण तथा सञ्चालनका लागि तीन बर्ष अगाडि २०७० जेठमा नै उद्योग विभागमा कम्पनी दर्ता भएको थियो। तर विभिन्न कारणले निर्माण प्रक्रिया सुरु हुन सकेको थिएन । केवलकार निर्माण पछि करिब २ सय जनाले रोजगारी पाउने छन्।
No comments:
Post a Comment