Wednesday, August 12, 2015

चन्द्रागिरी केवलकार ६० प्रतिशत काम सकियो, साउनमा सक्ने गरी निर्माण

Cable car, Chandragiri, Kathmandu Fun Park, Prithivi Narayan Shah

 काठमाडौं । काठमाडौंको थानकोटबाट रमणीय चन्द्रागिरी डाँडामा पुग्न केवुलकार निर्माणको काम ६० प्रतिशत पुरा भएको छ । काठमाडौं फनपार्क प्रालिले बनाइरहेको केबलकारको बटम स्टेसन र टप स्टेसनमा धमाधम काम भइहरेको छ भने बीचबीचमा पोल बनाउने काम पनि अघि बढेको छ ।

डिजाइन सेलको आर्केटेक्ट र सुपरभिजनमा निर्माण भइरहेको केबलकारको बटम स्टेशनमा भौतिक संरचनाको सबै काम सक्किएको छ । बटम स्टेसनको भवनलाई फिनिसिङ (रंगरोगन, प्लास्टर) गरेर सरसामान जोड्ने काम मात्रै बाँकी रहेको फनपार्क प्रालिका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी केवुलकारको टप स्टेसनमा साइट विकास र विस्तारको काम भइरहेको छ ।
‘टप स्टेसनमा मन्दिरको बनाउनको लागि जग हाल्ने काम सक्किसकेको छ,’ पौडेलले भने, ‘भ्यू टावरको पनि जग बसालिसकिएको छ ।’
प्रालिका अनुसार टप स्टेसनमा रिसोर्ट बनाउने काम बाहेक सबै काम साउनभित्रै सक्ने गरि धमाधम काम भइरहेको छ । यहाँ तीनसय जना कामदारले काम गरिरहेका छन‍् ।

केवलकारमा मान्छे बोक्न प्रयोग हुने गोन्डोला
अष्ट्रियाको डुपल मेयर कम्पनीबाट केवुलकार, लठ्ठा लगायत सबै उपकरण आइसकेका छन् । ‘केबलकारको लागि विदेशबाट आउनुपर्ने सबै सामान काठमाडौं झरिसकेका छन्,’ पौडेलले भने, ‘अब भौतिक सरचना बनेपछि जोड्ने काम सुरु भइहाल्छ ।’

यस्तो हुनेछ टप स्टेसन
थानकोटबाट केबलकार चढेर गएपछि त्यहाँ पुग्ने यात्रीले सबैभन्दा पहिले इच्छापुरेश्वरम महादेवको दर्शन गर्न पाउनेछन् । सँगैको भ्युटावरबाट एकसय ६० डिग्रीसम्म देखिने हिमाल र उपत्यकाले मनै रोमान्चित बनाउनेछ ।
महालंगुर हिश्रृंखलादेखि अन्नपू्र्ण हिमश्रृंखालसम्म हेर्दै रिसोर्टमा बसेर मजा लिन सक्नेछन् । आकाश खुलेका बेला यहाँबाट हिमालदेखि तरार्इसम्म देखिन्छ ।
पौडेलका अनुसार टप स्टेशनमा पुगेपछि यात्रुहरुले जिप फ्लायर, रक क्लाइम्बिङ गर्न सक्नेछन् भने बोटानिकल गार्डेन समेत घुम्न पाउनेछन् ।
यसैगरी फुडस्टल र रेष्टुरा पनि रहने छ । त्यति मात्रै होइन समुद्री सतहबाट करिव २५ सय ४० मिटर उचाइमा रहेको यो डाँडामा खुल्ने फोर डी थियटरमा बसेर फिल्मको मज्जा समेत लिन सकिन्छ ।

यस्तो बन्दैछ मन्दिर
केवुलकारसँगै चन्द्रागिरीमा काठमाडौं फनपार्क प्रालिले आकर्षक हिन्दु मन्दिर पनि निर्माण गर्नेछ । कम्पनीले चन्द्रागिरी डाँडामा इच्छापुरेश्वर महादेव मन्दिर निर्माण गर्न लागेको हो ।
पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नुपहिले इच्छापुरेश्वर महादेवको दर्शन गरि काठमाडौं उपत्यकामा विजयी गरेको किंवदन्ती अनुसार यो ठाउँमा पशुपतिनाथको जस्तै झल्को दिने गरि मन्दिर बनाइएको छ ।
पौडेलले भने, हामी ठूलो मेहनतसहित मन्दिर निर्माण गरिरहेका छौं, पछिल्ला २०/३० वर्षमा यस्तो मन्दिर बनेको छैन्, उनले भने ।
सय बेडको रिसोर्ट
डाँडामा सय बेडको तीन तारे सुविधासहितको रिसोर्ट पनि बन्ने छ । रिसोर्टमा काठमाडौंबाट छुट्टि मनाउने जाने मात्र होइन कार्यालयकै काम लिएर जानेहरुले पनि चन्द्रागिरीको रमणीय वातावरणमा समय विताउन सक्नेछन् ।
थ्रीलिङ अनुभव
११ वटा पोल भएर थानकोटबाट चन्द्रागिरी पुग्ने केवुलकारको कुल लम्बाइ २.४ किलोमिटर हुनेछ । जसबाट आठ मिनेटमा चन्द्रागिरी डाँडो पुगिनेछ । अहिले फटाफट पैदल हिँड्नेलाई चन्द्रागिरी पुग्न दुई घण्टाभन्दा बढी समय लाग्छ ।
११ मध्ये एउटामा एउटा पोलदेखि अर्को पोलसम्मको दूरी नौसय मिटर छ । जसले गर्दा केबलकारमा यात्रा गर्ने यात्रुलाई ‘थ्रीलिङ’ अनुभव गराउँछ,’ उनी भन्छन्, ‘यात्रुले केबलकार चढ्दा रोमान्चसँगै रमाइलो अनुभव गर्नेछन् ।’
प्रतिघण्टा एक हजार यात्रु क्षमतासहित केवुलकारको पूर्वाधार जडान गरिनेछ । एउटा गोन्डोलामा आठजना यात्रु अट्छन् । मनकामनामा यात्रु बोक्ने गोन्डलाभन्दा यो ठूलो हो । मनकामनामा एउटा गोन्डलाले छ यात्रु मात्रै बोक्छ ।
सुरुमा प्रतिघण्टा पाँच सय जनालाई चन्द्रागिरी पुर्‍याउने लक्ष्य लिएर सुरु गरिएको भए पनि अहिले त्यसलार्इ बढाएरु प्रतिघण्टा एकहजार जनालाई लैजाने गरी पूर्वधार तयारी भैरहेको छ ।
बटम स्टेसनमा दुईसय कार, चारसय मोटरसाइकल र एकसयवटा बस पार्किङ गर्न मिल्ने गरि पार्किङ स्लट बनाइएको छ ।

चन्द्रागिरी डाँडो र त्यस तलको २० हेक्टर जमिन कम्पनीले ४० वर्षका लागि सरकारसँग लिजमा लिएको हो । यो अर्को ४० वर्षका लागि नविरकण गर्न सकिने व्यवस्था छ । केवुलकार सञ्चालनमा आए पछि त्यहाँको पर्यावरणीय सुन्दरतालाई पनि आफूहरुले उत्तिकै महत्व दिने प्रालिले जनाएको छ ।
केवुलकार, मन्दिर, फनपार्क र होटलसहित सबै परियोजनामा आईएमई समूह, भाटभटेनी, अम्बिकाप्रसाद पौडेल र वेलायतमा बस्दै आएका नेपाली व्यवसायीहरु उत्तम र नवराज नेपाल, उमा जीसीले लगानी गरेका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, ग्रान्ड, सिदार्थ र प्रभु विकास बैंकले रुपैयाँको कन्सोर्टियम कर्जा लगानी गरेका छन् ।
केवलकारसँगै काठमाडौंबाट नजिकै रहे पनि ओझेल परेको चन्द्रागिरी र त्यसपारि रहेको मकवानपुरको चित्लाङलाई विशेष प्रवर्द्धन हुने अपेक्षा सर्वसाधरणले गरेका छन् । पर्यापर्यटन, अर्गानीक फार्मिङले त्यहाँको जीवनस्तरमा सुधार हुनेछ ।
सय वर्ष अघि यही बाटोबाट काँधमा बोकाएर गाडी काठमाडौँ भित्र्याइएको भए पनि अहिलेसम्म त्यहा पर्याप्त पूर्वधार निर्माण हुन सकेको छैन्,  केवलकारसँगै चित्लाङमा विकास हुन थालेपछि स्थानीयवासिन्दाले पनि सहयोग गर्न थालेका छन् ।

बटम स्टेशनमा काम गर्दै कामदार

बटम स्टेशनको संरचना तयार भएको छ

थानकोटमा तयार भएको बटमस्टेशन

बटम स्टेशनमा एकदेखि तीन नम्वरका टावर रहनेछन्, त्यसको काम धमाधम भैरहेको छ

चन्द्रगिरी डाँडाबाट देखिने दृष्य

चन्द्रागिरीबाट हिमालदेखि तरार्इको मैदानसम्म देख्न सकिन्छ

परियोजनाका लागि आवश्यक पर्ने पानी ‘वाटरलिफ्ट’ गर्न पाइप विछ्यार्इंदै

भ्युटावरका लागि जग हालिंदै

केवलकारको टप स्टेशन

परियोजनामा तीन सयभन्दा बढी कामदारले काम गरिरहेका छन्

परियोजना साउनसम्म सक्नेगरी काम भैरहेको छ

काम चाँढो सक्न परियोजनालार्इ दुर्इ हिस्सामा बाँढेर दुर्इ वटा ठेकेदारमार्फत काम भैरहेको छ

परियोजनालार्इ निर्माण सामाग्रीको अभाव नहुने गरी व्यवस्थापन गरिएको छ
टप स्टेशन र बटम स्टेशनको बीच भागमा पर्ने जंगलमा टावर बनाउन कामदारको बसार्इ
केवलकारको सामान समेत डोपलमायरबाट अाइसकेको छ

फेवाताल, जसले तपाईलाई मोहित बनाउँछ

view-of-fewa-lake-3 copy copy


पोखरालाई स्वर्गको टुक्रा पनि भनिन्छ । पोखराको मुटुचाहिँ फेवाताल हो । फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् । फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन ।
लमतन्न परेको फेवातालमा छचल्किएको पानीले समुन्द्रको झल्को दिन्छ । यहाँबाट देखिने प्राकृतिक छटाहरु संसारमा प्रायः कमै मात्र देख्न सकिन्छ । फेवाताल, जहाँ कुमारी माछापुच्छ्रे हिमालको छायाँ देख्न सकिन्छ । त्यसैले त डेढ/दुई दशकअघि नै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ………………..।’ को रचना भएको हो ।
फेवातालको काखबाट माछापुच्छ्रे हिमालसँगै अन्नपूर्ण हिमश्रृंखला दृश्यावलोकन पनि गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल सराङकोट तलबाट शुरु भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको छ । जसलाई हेरेर एउटा कविले कविता कोर्न सक्छ, गीतकारले गीत लेख्न सक्छ अनि कथा/उपन्यासकारले कथा, उपन्यास मन्थन गर्न सक्छ ।
view of fewa lake (26)
फेवाताल डेटिङ्ग स्पट पनि
एकजना पर्यटक जसले फेवातालमा टहलिँदै दिन बिताउन सक्छ । बोटिङ्गमा रमाउँदै घण्टौं बिताउन सक्छ अनि फेवा किनारमा बनेका तारे होटलहरुमा बसेर पारिवारीक वातावरणमा हप्तौं गुजार्न सक्छ । परिवार लिएर आएकाहरु फेवातालमा रमाएर आफ्नो यात्रालाई अविस्मरणीय बनाउन सक्छन् ।
फेवाताल नवविवाहिता दुलाहा/दुलहीका लागि सुहागरात मनाउने राम्रो गन्तव्य हो । गर्लफ्रेण्ड/ब्वायफ्रेण्डका लागि डेटिङ्ग स्पट पनि हो । विद्यार्थी र साथीभाइका लागि सामुहिक घुम्ने गन्तव्य स्थल पनि हो फेवाताल । फेवातालसँगै जोडिएको बसुन्धरापार्क र कोमागाने पार्कले फेवाताललाई थप सुन्दरता थपेको छ । ती पार्कहरुमा युवा युवतीहरु आलिंगनमा बाधिँदै फेवातालको दृश्यावलोकन गरेको प्रशस्त देख्न पाइन्छ ।
view of fewa lake (1)
धार्मिक स्थल
भक्तजनहरुका लागि धार्मिक स्थल पनि हो फेवाताल । फेवातालको बिचमा रहेको तालवराही मन्दिर प्रसिद्ध धार्मिक स्थलका रुपमा परिचित छ । जहाँ दिनहुँ हजारौं भक्तजनहरु पूजा आराधना गर्न आउने गर्दछन् । त्यही मन्दिर परिसरमा बसेर फेवातालको चारैतिर दृश्यावलोकन गर्दै फेवा सुन्दरताको रस्वादन गर्न सकिन्छ ।
उक्त तालवराही मन्दिर दर्शनका लागि डुङ्गा सयर अनिवार्य छ । तालको बीच भागमा रहेकाले डुङ्गामा मात्रै जान सकिने यो मन्दिरमा जाँदा डुङ्गाको मज्जा लिन पाइने भएको हो ।
view of fewa lake (2)
डुङ्गा सयर
फेवातालको सुन्दरताको मज्जा त्यतिबेला मात्र पूर्ण हुन्छ, जतिबेला फेवातालमा डुङ्गा सयर गरिन्छ । डुङ्गामा बसेर फेवाको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन सायद । डुङ्गा चढेर तालवराही मन्दिर जानु जति बाध्यता हो, त्योभन्दा बढी त्यसले दिने आनन्द हो ।
फेवाताल बीचमा रहेको यो मन्दिरमा जाँदा तालवाराही देवीको दर्शन त छँदैछ, फेवातालको दृश्यावलोकन सँगै डुङ्गाको मज्जा पनि एकैसाथ लिन पाइन्छ ।
त्यस्तै, डुङ्गा सयरको पनि छुट्टाछुट्टै मज्जा लिने ठाउँ हो फेवाताल । फेवातालमा सामान्य डुङ्गादेखि प्याडलबोट, मोटरबोट र वाटरबलसम्मको मज्जा लिन सकिन्छ । जसले पर्यटकलाई एउटै तालमा छुट्टाछुट्टै डुङ्गा सयरको मज्जा दिन्छ ।
सायद ! यसैलाई कल्पना गरेर गायक शिव परियारले गीत गाए, फेवातालमा साईंली डुङ्गा सरर…………… ।
view of fewa lake (5)
प्याराग्लाइडिङ्ग र अल्ट्रालाइट
फेवाको सुन्दरता त्यतिमा मात्र सीमित छैन । फेवातालको सुन्दरता सराङकोटबाट पनि दृश्यावलोकन गर्न सकिन्छ । बिन्दबासिनी मन्दिरदेखि केही माथिबाटै देख्न सकिने फेवाताल सराङकोटसम्मबाटै देख्न सकिन्छ ।
त्यतिमात्र कहाँ हो र ? चराझैं आकाशमा उडेर पनि फेवातालको दृश्यपान गर्न सकिन्छ । प्याराग्लाइडिङ्ग र अल्ट्रालाइट (पुतलीजहाज) बाट पनि फेवातालको दृश्यावलोकन गर्न सकिने भएकाले यसको मज्जा नै छुट्टै हुन्छ, जुन मज्जा सायद संसारको अन्य ठाउँमा पाइन्छ । त्यसको महत्व बुझेरै होला, हिजोआज साहसिक खेलका रुपमा परिचित प्याराग्लाइडिङ्ग र अल्ट्रालाइटबाट फेवाताल घुम्नेको भीड नै लाग्ने गर्छ ।
फेवामाथि दुईवटा केबलकार
फेवाताल किनार लेकसाइडबाट शान्ति स्तुप तथा सराङकोटमा बन्न लागेको केबलकारबाट पनि फेवातालको दृश्यावलोकनमा सघाउने भएको छ । बैशाखबाट बनाउन शुरु गरेर १ वर्षभित्र बनाइसक्ने लक्ष्य राखिएको केबलकारले फेवातालमा पर्यटक आगमनमा बृद्धि ल्याउनेमा दुईमत छैन । धार्मिक रुपले चिनिएको चाइनिज गुम्बा शान्ति स्तुपामा दिनहुँ हजारौं भक्तजन पुग्ने गर्छन् ।
view of fewa lake (21)
केबलकार बनेको खण्डमा डुङ्गा सयर पछि जंगलको बाटो छिचोलेर शान्ति स्तुपा पुग्नुपर्ने जोखिमबाट भक्तजन मुक्त हुनेछन् भने पुम्दीभुम्दी नजिक भएर ग्रामिण सडकबाट जानुपर्ने बाध्यता हटेमा पर्यटक आगमनमा पक्कै बृद्धि ल्याउनेछ ।
प्राकृतिक छटा, हिमाल र सूर्योदय दृश्यावलोकनका लागि सराङकोट जानेको भीड नै लाग्ने गर्छ अहिलेपनि पोखरामा । केबलकार बनेर छोटो समयमा सहज र सुरक्षित यात्रा गर्ने परिस्थिति निर्माण भए यसले पर्यटक आगमनमा बृद्धि ल्याउने ढुक्कसँग भन्न सकिन्छ ।
view of fewa lake (22)view of fewa lake (20)view of fewa lake (19)view of fewa lake (18)view of fewa lake (17)view of fewa lake (15)view of fewa lake (12)view of fewa lake (11)view of fewa lake (9)view of fewa lake (8)view of fewa lake (3)

सन्देश श्रेष्ठ, उमेश पुन /अनलाइनखबर

Sunday, August 9, 2015

kushma ma jharera

kushma ma jharera

कुस्मा मा झरेर

बलेवा मा लैजान्छु मायालाई केबलकार चडेर

.....

कुस्मा मा झरेर

जान्छु मनि बलेवा घुम्नलाई केबलकार चडेर...



Monday, March 24, 2014

यान्त्रिक पुलको कमाई एक बर्षमा सवा करोड

निजी  क्षेत्रले निर्माण गरेको मुलुककै पहिलो कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले एक बर्षमा १ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । केवलकार मोडलमा निर्माण भएको यान्त्रिक पुलले टिकट बिक्री, भाडा तथा ब्याजबाट एक बर्षमा यति धेरै रकम आम्दानी गरेको हो ।
२०६९ फागुन २१ गतेदेखि ब्यबसायिक रुपमा सञ्चालनमा आएको यान्त्रिक पुलले एक वर्षमा सबै खर्च कटाएर १ करोड १६ लाख रुपैयाँ बचत गरेको अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।
पर्वत उद्योग वाणिज्य संघको पहलमा पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बाग्लुङको दक्षिण क्षेत्र बलेवा जोड्ने गरी यान्त्रिक पुल निर्माण भएको हो  । पुल निर्माणका लागि ४ सय ५८ जना शेयर सदस्यले  करोड ८४ लाख १७ हजार ५ सय रुपैयाँ लगानी गरेका थिए ।
यान्त्रिक पुल सञ्चालनमा आएपछि  दुई घण्टाको पैदल दुरी ४  मिनेटमा छोटिएको छ । पुलमा स्थानीय वासिन्दाका साथै आन्तरिक र बाह्य पर्यटकको समेत घुइँचो लाग्छ । दुई वटा यान्त्रिककार जडान भएको पुलमा एउटा कारमा ८ जना मानिस अट्न सक्ने छन् । कम्पनीले प्रत्येक यात्रुका लागि ५ लाख रुपैयाँको विमा पनि गरेको छ । शुक्रबार भएको कुश्मा –बलेवा यान्त्रिक पुल लिमिटेडको पहिलो साधारण सभाले आगामी साउनमा लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले बलेवाको प्रसिद्ध भैरवस्थानसम्म केवलकार बिस्तार गर्नका लागि संभाब्यता अध्ययन गर्ने निर्णय पनि गरेको छ । भैरवस्थानसम्म करिब साढे २ किलोमिटर लामो केबलकार निर्माण गर्न सकिने सभावना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्वीटजरल्याण्डको प्रबिधिमा निर्माण गरिने पुल करिब १२ करोडमा निर्माण हुन सक्ने अनुमान छ ।
यसैगरी यान्त्रिक पुलले जोडेको बलेवामा सुबिधा सम्पन्न रिर्सोट निर्माण गर्ने योजना पनि साधारणसभाले पारित गरेको छ । यान्त्रिकपुल लिमिटेड आफैले निर्माण गर्ने वा भाडामा दिन सकिने प्रस्ताब पनि अघि सारिएको छ । त्यस क्षेत्रमा ब्यबस्थित पार्क र वनभोजस्थल समेत निर्माण गरिने भएको छ । २० वर्षदेखि बन्द भएको बलेवा विमानस्थल सञ्चालनमा ल्याउन पनि सरोकारवालासंग छलफल गर्ने निर्णय भएको महासचिव केदारनाथ शर्माले बताउनुभयो ।