Sunday, April 21, 2013

१० लाख यात्रु चढे केबलकार

Nameकाठमाडौं, १९ वैशाख- गएको वर्ष (२०६८) झन्डै १० लाख यात्रुले मनकामना नेपाल केबलकार चढेका छन् । केबलकार चढ्नेको यो संख्या २०६७ भन्दा झँडै १ लाख ५० हजारले बढी हो ।
यात्रु संख्या वृद्धिसँगै मनकामना केबलकारको कारोबार रकम र नाफा पनि बढेको छ । मनकामना केबलकार प्रालिका अनुसार १० लाख यात्रुबाट २६ करोडभन्दा बढी आम्दानी भएको छ ।
“अघिल्लो वर्षभन्दा स्वदेशी तथा विदेशी दुवै यात्रु बढेका छन्,” मनकामना केबलकार अप्रेसन इन्चार्ज सुनील कर्माचार्यले भने । माओवादी द्वन्द्व सकिई शान्ति–प्रक्रिया सुरु भएपछि केबलकार चढ्ने यात्रुको संख्या बढ्दै गएको छ ।
मनकामना नेपालको एकमात्र यात्रु बोक्ने केबलकार हो । काठमाडौंदेखि करिब १ सय किलोमिटरमा रहेको केबलकारबाट मनकामना मन्दिर दर्शन र मनोरञ्जनका लागि यात्रु जाने गर्छन् ।
२०६८ मा ९ लाख ८२ हजार ४ सय ८७ जनाले केबलकार चढेको तथ्यांक छ । कर्माचार्यका अनुसार केबलकार यात्रा गर्नेमा स्वदेशी ६० र विदेशी ४० प्रतिशत छन् ।
२०६७ मा ८ लाख ३८ हजार स्वदेशी तथा विदेशी पर्यटकले केबलकार यात्रा गरेका थिए । त्यस्तै, २०६६ मा ६ लाख ७९ हजार १ सय ८५ तथा ०६५ मा ५ लाख ९२ हजार ६ सय ५ ले यात्रा गरेको तथ्यांक छ ।
विगतमा १५ प्रतिशतमै सीमित हुने गरेको विदेशी पर्यटकको संख्या अहिले ४० प्रतिशतमा पुगेको छ । “अझै पनि केबलकार यात्रा गर्ने अधिकतम यात्रु स्वदेशी नै छन्,” कर्माचार्यले भने ।
यो मौसममा अत्यधिक गर्मी बढ्ने भएकाले भारतीय पयर्टक मनकामनालगायतका पर्यटकीय स्थलको दर्शन गर्न आउँछन् । विगतका दिनमा दैनिक २ हजारले केबलकार यात्रा गर्दै आए पनि अहिले बढेर ३ हजार नाघेको जानकारी उनले दिए ।
हालसम्म ६७ लाख यात्रुले केबलकारबाट आवातजावत गरेको तथ्यांक कम्पनीसँग छ । चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केबलकार दूरी ३.१ किलोमिटर छ ।
स्वदेशीका लागि प्रतियात्रु टिकट दर हाल ४ सय २५ रुपैयाँ कायम गरिएको छ । गत वर्ष भने ३ सय ९० रुपैयाँमात्रै थियो । स्थानीय व्यक्तिलाई भाडामा केही सहुलियत छ ।
सार्क मुलुकभित्रका पर्यटकलाई स्वदेशी यात्रुसरह टिकट मूल्य पर्छ भने त्यसबाहिरका पर्यटकले प्रतिटिकट १५ डलर तिर्नुपर्छ । कर्माचार्यका अनुसार विगत वर्षमा २४–२५ करोड रुपैयाँबराबरको कारोबार हुन्थ्यो । अहिले यात्रुसँगै कारोबार रकमको ग्राफ उकालो लागेको छ ।
केबलकारबाट हुने कुल कारोबारको १ प्रतिशत रकम स्थानीयले पाउने गरेका छन् । केबलकारले समेट्ने क्षेत्र चितवनको दारेचोक (कुरिनटार) र गोरखाको मनकामना नमुना गाविसले वार्षिक २५ लाख रुपैयाँसम्म पाउने गरेको कर्माचार्यले बताए । “स्थानीयलाई चौबीसै घण्टा आपतकालीन सेवासमेत दिइएको छ,” उनले भने ।
यो केबलकारले गोरखाको मनकामना धार्मिकस्थललाई जोडेको छ । २०५५ सालमा स्थापित केबलकारको लागत ४३ करोड थियो । स्थापनाको सात वर्षभित्रै लगानी उठाइसकेको जानकारी कर्माचार्यले दिए ।
साउन र भदौ महिना केबलकार यात्रुका लागि ‘अफसिजन’ मानिन्छ भने असोजदेखि पुनः सिजन सुरु हुन्छ । यात्रु सवारका लागि ३१ वटा केबलकार र सामान ढुवानीका लागि तीन फ्रेट क्यारियर छन् । यी केबलकार चलाउन ४ हजार ४ सय किलोवाट विद्युत् खपत हुन्छ । विद्युत्बापत कम्पनीले मासिक ३ लाख रुपैयाँ बुझाउने गरेको छ । एजेन्ट बनेर टिकट बेच्ने व्यवसायीले प्रतिटिकट ५ देखि १० प्रतिशत कमिसन पाउँछन् ।

वर्ष     यात्रु संख्या
२०६८    ९,८२,४८७
२०६७    ८,३८,०००
२०६६    ६,७९,१८५
२०६५    ५,९२,६०५
स्रोत : मनकामना केबलकार प्रालि


भारतीय पर्यटकको सङ्ख्या २५ प्रतिशत
गत आर्थिक वर्ष २०६८/६९ मा केबलकारमार्फत ९ लाख ६५ हजार पर्यटक गोरखाको धार्मिक पर्यटकीय तीर्थस्थल मनकामना मन्दिर भित्रिएका छन् । ती पर्यटकहरू नेपाल तथा भारतका भएको मनकामना दर्शन प्रालिका सहायक स्टेशन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिए । केबलकारबाट मनकामना दर्शन गर्नेको सङ्ख्या हरेक वर्ष १० प्रतिशतका दरले बढ्दै गएको सो कम्पनीले बताएको छ ।

शेरचनले भने, ‘केबलकारबाट मनकामना जानेमा भारतीय पर्यटकको सङ्ख्या भने २५ प्रतिशत रहेको छ ।’ उनका अनुसार पशुपतिनाथको दर्शन गरी पोखरा भ्रमणका लागि जानेमध्ये अधिकांश पर्यटक मनकामना भ्रमणका लागि जाने गरेका छन् । पोखरा जाने बाटोमा पर्ने र राजमार्ग नजिकैबाट केही मिनेटमा जान सकिने भएकाले पनि त्यसरी जानको सङ्ख्या बढेको उनको भनाइ छ ।

मनकामना भ्रमण गरिसकेका भारतीय पर्यटकहरूले फर्केर मनकामनाबारे जानकारी दिएकाले पनि भारतीय पर्यटकको सङ्ख्या बढेको हुनसक्ने उनले बताए । ‘हामीले अफसिजनमा आन्तरिक पर्यटकको सङ्ख्या कम हुने गरेकाले सङ्ख्या बढाउनका लागि केही वर्षअघि भारतका टेलिभिजन च्यानलहरूमार्फत प्रचारप्रसार गरेका थियौं’, सहायक म्यानेजर शेरचनले भने, ‘त्यसयता भने भारतीय पर्यटकले नै आफ्नो क्षेत्रमा मनकामना र केबलकारबारे प्रचार गरिदिएकाले सजिलो भएको छ ।’

मनकामना आएका भारत, मध्यप्रदेशका राजु मिश्राले साथीहरूमार्फतआफूले मनकामनाबारे थाहा पाएको र पशुपतिनाथको दर्शनपछि मनकामना दर्शन गरेर पोखरा जान लागेको बताए । भारतबाट आउने पर्यटकमा गैरहिन्दूको सङ्ख्या पनि निकै रहेको छ । मुस्लिम धर्मावलम्बीहरू पनि केबलकार चढ्न र मन्दिर दर्शन गर्नका लागि जाने गरेको स्थानीय व्यवसायीहरूले बताए । मनकामनामा होटल व्यवसाय गर्दै आएका दीपक श्रेष्ठका अनुसार ठाउँ हेर्न र केबलकारको आनन्द लिनकै लागि पनि गैरहिन्दूहरू मनकामना आउँछन् । सामान्यतः असोजदेखि वैशाखसम्मको समयलाई केबलकारको सिजन मानिन्छ ।

Ropeway in Nepal

Ropeway in Nepal
Although the Tribhuvan Highway was crucial, it followed an extremely difficult hill alignment that was not easy for loaded vehicles. In 1964AD with the help of US govenment, a new ropeway system was completed which ferried material from Hetauda to Teku (National Trading).The ropeway helped cut travel time, was cheaper to run and above all, was not affected by weather.
The Hetauda-Teku ropeway was not the first ropeway by all means. It was built to replace the old ropeway built by chandra Shumshere which ferried goods from Dhorsing near Bhimphedi to Matatirtha in the Valley. Tri Chandra Nepal Tara Ropeway was opened in 1927 with a capacity of eight tons per hour. Indian freight was transported from Raxaul to Amlekhgunj by train-that 48km railway was another one Chandra Sumshere's ideas. Cargo was taken to Dhorsing by lorry and then the ropeway hauled it to Matatirtha.

Hetauda-Kathmandu Ropeway

 Hetauda-Kathmandu Ropeway
In its glory days, the 42km Hetauda-Kathmandu cargo ropeway/ghiring used to run 10 hours and transport 22 tons of goods every day.
The construction of Highways and cheaper fuels for the vehicles in those days [and mismanagement of government people] caused the ropeway to lose its charm and it stopped its operation in 1994. It did serve the valley for the last time by transporting vegetables and other food products when the flood washed away both part of the Tribhuwan and Prithivi Highway in 1993AD.



Today, due to the skyrocketed fuel prices and because of the relatively unstable terrain of the area, many study shows that transport of goods through rope-way is cost effective. But the old Hetauda-Kathmandu rope-ways have been lost beyond repairs and it's old towers left to rust in peace. We can still see the reminiscences of the rope-way in various parts of Kathmandu including Kuleswor area